
पोखरा, २१ साउन । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बुधवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ८४ लाख ६६ हजार ५९४ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ४७ लाख ६८ हजार ८२७ पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या २८ लाख १ हजार ९२१ पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा १८ लाख ५५ हजार ७४५ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ९९ हजार १३४ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ५६ हजार ७७१ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा ९५ हजार ९१८ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर कोरोनाको उपचार भई घर फर्किनेको संख्या १ करोड १० लाख ४८ हजार ३१७ जना रहेको छ ।