
फाइल तस्विर
कोरोना भाइरस संक्रमणको कारण पर्सामा थप एक जनाको मृत्यु भएको छ। पर्साको पोखरिया नगरपालिका ८ घर भएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।
ती युवतीलाई सोमबार पटकपटक बान्ता भएपछि अस्पताल लगिएको थियो ।
नारायणी अस्पतालको प्रयोगशालमा मंगलबार राति गरिएको परीक्षणमा उनको स्वाब नमुनामा कोरोना पोजिटिभ देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले जनाए ।
कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भएको छ ।