
पोखरा, २१ साउन । पोखरामा बुधबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ९ जनामध्ये ७ जना महानगरको क्वारेन्टाइनमा बसेका र २ जना होम क्वारेन्टाइनमा बसेका १७ देखि ५७ वर्षका पुरुष रहेका छन् ।
संक्रमितमध्ये भारतबाट ४, बाराबाट ३, सर्लाही र महोत्तरीबाट १÷१ जना आएका हुन् । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५५२ पुगेको छ । सबै संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १३५४ पुगेको निर्देशनालयले जनाएको छ ।

