
पोखरा, २१ साउन । गण्डकी प्रदेशमा फेरी थप ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकाका ३८ वर्षीय १ जना पुरुष र बाग्लुङको गल्कोट नगरपालिकाका ३४ वर्षीय पुरुष तथा जैमनी गाउँपालिकामा २५ वर्षीया १ महिलामा कोरोना भाइरस पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ३ जना संक्रमित थप भएको स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका हुन् ।
आज बिहान मात्रै पोखरा महानगरपालिकामा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ५५ पुगेको छ ।
यस्तै प्रदेशमा कोरोना निको हुनेको संख्या १३ सय ६२ पुगेको निर्देशनालयले जनाएको छ ।