
सन थापा
जापान, अगस्ट ५ । जापानमा बुधबार १ हजार ३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् ि राति १० बजेसम्म कुल संक्रमित संख्या ४३ हजार ५ सय ११ जना पुगेको छ । जसमध्ये १ हजार ४१ जनाको मृत्यु, १ सय ४ जना गम्भीर बिरामी छन् भने २८ हजार ६ सय ८७ जना निको भएको सञ्चार माध्यम एनएचकेले जनाएको छ। बुधबार थप पाँच जनाको मृत्यु हो ।
टोकियोमा लगातार नवौदिन २ सय बढी संक्रमित
टोकियोमा २ सय ६३ जना थपिएर जम्मा संक्रमित १४ हजार २ सय ८५ जना पुगेको छ । मंगलबार ३ सय ९ जना थपिएको थियो ।
यी हुन् धेरै संक्रमित १० प्रान्त
टोकियोपछि धेरै संक्रमित प्रान्त ओसाका हो । यहाँ जम्मा ४ हजार, ९ सय १६ जना संक्रमित भएका छन् । खानागावा तेस्रो बढी संक्रमित प्रान्त हो । यहाँ २ हजार,८ सय ३१ जना संक्रमित छन् । त्यस्तै चौथो प्रान्त हो, साईतामामा २ हजार, ६ सय २० जना संक्रमित छन् । पाँचौं प्रान्त आईचीमा २ हजार ५ सय जना संक्रमित छन् । फुकुओकामा २ हजार ४ सय ७९ जना संक्रमित छन् । यो छैटौं धेरै संक्रमित प्रान्त हो।
त्यसैगरी चिबामा १ हजार ९ सय १० जना, होक्काइदोमा १ हजार ५ सय तीन जना, ह्योगोमा १ हजार ४ सय २३ जना, क्योतोमा ९ सय तीन जना र ओकिनावामा ७ सय १४ जना संक्रमित संख्या पुगेको छ। बुधबार ओसाकामा १ सय ९६, खानागावामा ८१,साइतामामा ६४, आईचीमा १सय ४७, फुकुओकामा १सय २१, चिबामा ५०, होक्काईदोमा १४,ह्योगोमा ५२,क्योतोमा २७, ओकिनावामा ७७ जना थपिएका हुन् ।