
पोखरा । ड्युटीमा खटिँदै आएका पोखराका एकजना प्रहरी हवल्दारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३८ वर्षे ती प्रहरीमा सामान्य लक्षण देखिएपछि १८ साउनमा स्वाब संकलन गरिएकोमा बुधबार कोरोना पुष्टि भएको हो ।
गोरखा घर भएका ३८ वर्षे ती प्रहरी पोखरा नदीपुरमा ड्युटीमा खटिँदै आएका थिए । केही दिनअघिदेखि ज्वरो आएपछि उनको स्वाब संकलन गरिएको थियो । त्यससँगै उनी अस्पताल भर्ना भएका थिए ।
नदीपुरको प्रहरी बिट नजिकै क्वारेन्टाइन रहेको र बेलाबखत गइरहने भएकाले त्यहीँबाट सरेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी बिट नजिकै पद्म नर्सिङ होमलाई पोखरा महानगरपालिकाले महिला क्वारेन्टाइन बनाएको छ ।