कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो

-


     मर्दी न्युज    
     श्रावण २२ गते २०७७ मा प्रकाशित


पोखरा, २२ साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विहीबार बिहानसम्म कोरोना भाइरस संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख ४ हजार ८६९ पुगेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । अमेरिकामा हालसम्म १ लाख ५७ हजार ९३० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमणबाट ९७ हजार २५६ जनाको ज्यान गएको छ ।

चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा एक करोड ८७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ८७ लाख १० हजार ६६८ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिकामा छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ४८ लाख १८ हजार ३२८ पुगेको छ । त्यस्तै धेरै संक्रमितको सूचिको दोस्रो स्थानमा रहेको ब्राजिलमा २८ लाख ५९ हजार ७३ रहेको छ ।

त्यस्तै सबैभन्दा धेरै संक्रमितको सूचिमा तेस्रो स्थानमा भारत रहेको छ । भारतमा हालसम्म कोरोना भाइरसको संक्रमितको संख्या १९ लाख ८ हजार २५४ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।



Tags: