
पोखरा, २२ साउन । भारतमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या १९ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ५२ हजार ५०९ जनामा कोरोना पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ८ हजार २ सय ५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा थप ८ सय ५७ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ३९ हजार ७ सय ९५ जनाको मृत्यु भएको छ ।
भारतको महाराष्ट्र सबैभन्दा कोरोनाबाट प्रभावित प्रान्त हो । महाराष्ट्रमा मात्रै कोरोना संक्रमितको संख्या ४ लाख ५७ हजार ९५६ पुगेको छ । त्यस्तै महाराष्ट्रपछि धेरै संक्रमण भएको तामिलनाडुमा २ लाख ६८ हजार २८५ पुगेको छ । तेस्रो स्थानमा रहेको राज्य आन्ध्रा प्रदेशमा १ लाख ७६ हजार ३३३ पुगेको तथ्याङ्कमा उल्लेख छ ।