
पोखरा, २२ साउन । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा प्रदेशका चार जिल्ला कास्की, पर्वत, गोरखा, नवलपुरमा संक्रमित थपिएका हुन् ।
कास्कीको पोखरा महानगरपालिका ४ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
यस्तै पर्वत कुश्मा नगरपालिका १३ की ३० वर्षीय महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।
यस्तै गोरखा जिल्लाका ६ जनामा कोरोना देखिएको छ । संक्रमण पुष्टि भएकाहरुमा पालुङटार, सिरानचोक, बारपाक सुलिकोट गाउँपालिका र गोरखा नगरपालिकाका ३५,२४,२५,२२ ,२९ वर्षीय पुरुष र २४ वर्षीया महिलामा रहेको निर्देशनालयले बताएको छ ।
यस्तै, नवलपुर हुप्सेकोट गाउँपालिकाका तीन जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । २३, २५ र २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।

