प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि

-


     मर्दी न्युज    
     श्रावण २२ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो ।

प्रचण्ड सचिवालय स्रोतका अनुसार अध्यक्षको बाहिरी घेरामा खटिने ६ जना सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएको हो।  प्रचण्डको सुरक्षामा खटिने ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै अन्यको स्वाब संकलनको तयारी भइरहेको छ।  



Tags: