गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण, कूल संक्रमितको संख्या १५७५ पुग्यो

-


     मर्दी न्युज    
     श्रावण २२ गते २०७७ मा प्रकाशित


पोखरा, २२ साउन । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ५ जिल्ला कास्की, तनहुँ, पर्वत, गोरखा र नवलपुरमा संक्रमित थपिएका हुन् ।

कास्कीको पोखरा महानगरपालिका ८ का ७२ वर्षीया महिलासहित ७, १४ र ८२ पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यस्तै पर्वत महाशिला गाउँपालिका ४ का ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।

यस्तै तनहुँ जिल्ला व्यास नगरपालिकाका ४ का २७ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । यस्तै गोरखा पालुङटार ८ की ३९ वर्षीया महिलामा पनि संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै, स्याङ्जा फेदीखोला गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । २७ र ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।


यसअघि पनि आजै गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५७५ पुगेको छ ।



Tags: