तत्काल लकडाउन नहुने सञ्चार मन्त्री खतिवडाको भनाई

-


     मर्दी न्युज    
     श्रावण २२ गते २०७७ मा प्रकाशित


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता डा.युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताएका छन् ।

नेपाल सरकार मन्त्रीपरिषद्को गत सोमबारको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री डा.खतिवडाले सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको तर जोखिमयुक्त क्षेत्रहरूमा सिल गर्न सकिने र केही त्यस्ता ठाउँहरूमा हाल भइरहेको बताए ।

उनले ठाउँ ठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर तत्काल लकडाउन नहुने स्पष्ट पारे ।

जोखिम नरहेका क्षेत्रमा खुकुलो गर्दै जाने र र जोखिमयुक्त क्षेत्रहरूमा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूले समेत आवश्यक निर्णय लिन सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै सञ्चार मन्त्री डा. खतिवडाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन भने सबैमा आग्रह गरे ।

सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको थियो । तर अर्थमन्त्री खतिवडाले पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबारे पुनर्विचार गर्ने जनाउ दिए ।

‘हामी सबै जनाको सल्लाह अनुसार निर्णय गर्नेछौं। कतिपयले सँधै बन्द गर्दा आर्थिक अवस्था डामाडोल हुने भएकाले खोल्नुपर्ने सुझाव दिनुभएको छ भने कतिपयले तत्काल खोल्न नहुने बताउनुभएको छ’ खतिवडाले भने, ‘यसबारे सीसीएमसीको बैठक बसेर उपयुक्त निर्णय गर्नेछ र मन्त्रिपरिषदमा पेश गर्नेछ।’ 

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु: