जापानमा कोरोना संक्रमित झण्डै ४५ हजार, बिहीबार थपिए १ हजार ४ सय ७७

-


     मर्दी न्युज    
     श्रावण २२ गते २०७७ मा प्रकाशित


सन थापा
जापान । अगस्ट ६
बिहीबार १ हजार ९ सय ९८ जना कोरोना संक्रमित पुष्टि भएसँगै जापानमा कोरोना संक्रमित संख्या ४४ हजार ९ सय ९८ जना पुगेको छ । बुधबार १ हजार ३ सय ४३ जना थपिएका थिए ि जसमध्ये १ हजार ४८ जनाको मृत्यु, १ सय १५ जना गम्भीर बिरामी छन् भने २९ हजार ५ सय ३६ जना निको भएको सञ्चार माध्यम एनएचकेले जनाएको छ। बिहीबार थप छ जनाको मृत्यु हो ।

टोकियो र ओसाकामा उच्च वृद्धि
टोकियोमा ३ सय ६० जना थपिएर संक्रमित संख्या १४ हजार ६ सय ४५ जना पुगेको छ ।
त्यसैगरी ओसाकामा २ सय २५ जना संक्रमित थपिएर ५ हजार, १ सय ४१ जना संक्रमित भएका छन् ितेस्रो बढी खानागावा १ सय १९ थपिदै २ हजार,९ सय ५० जना संक्रमित छन् ।

त्यस्तै साईतामामा, आईचीमा, फुकुओकामा क्रमशः २ हजार, ६ सय ८५, २ हजार ६ सय ७८ , २ हजार ६ सय १५ जना संक्रमित पुगेको छ। जहाँ क्रमशः ६५, १ सय ४० र १ सय ३७ थपिए ।

त्यसैगरी चिबामा १ हजार ९ सय ८६, होक्काइदोमा १ हजार ५ सय १४ , ह्योगोमा १ हजार ४ सय ८४, क्योतोमा ९ सय २३ र ओकिनावामा ७ सय ८४ जना संक्रमित संख्या पुगेको छ। चिबामा ७६, होक्काईदोमा ११, ह्योगोमा ६१, क्योतोमा २०, ओकिनावामा ७३ जना थपिएका हुन् ।


यसैबीच बिहीवार स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको आयोजनामा स्वास्थ्यविज्ञ सहितको सरोकारवाला निकायबीच बैठक सम्पन्न भएको छ । बैठकमा द्रूत गतिमा संक्रमण फैलिएकोमा चिन्ता व्यक्त गर्दै पिसिआर परीक्षण ५० प्रतिशत बढाउने, बिरामीको अनुपातमा अस्पतालको बेडहरुको व्यवस्था गर्ने, उच्च सतर्कता अपनाउन आग्रह गर्ने विषयमा छलफल भएको जनाईएको छ ।