कोरोना संक्रमणबाट सिरहामा युवकको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण २३ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

सिरहा । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय युवकको मृत्यु भएको छ । उनको धरानमा उपचारको क्रममा मृत्यु भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले ती युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको जानकारी दिए  । 

यादवका अनुसार दुवै मिर्गौला फेल भएका उनलाई साउन १९ गते डायलसिसका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । जनकपुर प्रादेशिक अस्पतालमा उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी डायलासिस गरिएको थियो ।

सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो व्यक्ति हो। 



Tags: