पोखरा महानगरपालिकामा थप ८ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     श्रावण २३ गते २०७७ मा प्रकाशित


पोखरा, २३ साउन । पोखरा महानगरपालिकामा शुक्रवार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं. १५, १९ र ३२ का ८ जना संक्रमित थपिएका हुन् ।

कास्कीको पोखरा महानगरपालिका १५ का ३२ वर्षीया एक महिलामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यस्तै वडा नं. १९ का ५८, ६८ र ८८ वर्षीया महिला र ५७ र दुई जना ६० वर्षीय पुरुष गरी ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।

यस्तै वडा नं. ३२ का १९ वर्षीय पुरुष रहेको निर्देशनालयले बताएको छ ।
यसअघि बिहान निर्देशनालयले जारी गरेको विज्ञप्तिमा वडा नं. २ र ८ का २० र ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै आज शुक्रवार मात्रै पोखरा महानगरपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १५८७ पुगेको छ । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । यस्तै प्रदेशमा कोरोना संक्रमण भई निको हुनेको संख्या १३ सय ८३ पुगेको निर्देशनालयले जनाएको छ ।



Tags: