
पोखरा, २३ साउन । पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शुक्रवारसम्म ६ हजार ३ सय ३० जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ४ लाख २७ हजार ५ सय १ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शुक्रवारसम्म क्वारेन्टाइनमा ९ हजार ४ सय ७० जना रहेका छन् । पछिल्लो २४ घन्टामा ४२५ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १५ हजार ८ सय १४ रहेको प्रवक्ता डा गौतमले बताए ।