भारतको केरलामा भएको विमान दुर्घटनामा १७ जनाको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण २४ गते २०७७ मा प्रकाशित


नयाँ दिल्ली । भारतको दक्षिणी राज्य केरलाको कोझिकोडमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । 

दुबइबाट १९० यात्रु बोकेर भारतको केरलाका लागि उडेको विमान कोझिकोडको कालीकट विमानस्थलको रनवेमा चिप्लिएको हो । उक्त विमान दुर्घटनामा दुईजना चालक दलका सदस्यसहित १७ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएको छ । 

घाइतेमध्येका ३५ जनालाई अस्पताल पुर्‍याएको छ । उक्ट दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दु:व्यक्त गरेका छन् । 

उक्त विमानमा १० बच्चासहित १८४ यात्रु र सात चालक दलका सदस्यहरु रहेको बीबीसीले जनाएको छ । 

शुक्रबार ७ बजेर ४१ मिनेटमा IX-१३४४ कलसाइन भएको विमान दुर्घटनापछि दुई टुक्रा भएको छ । विमानमा धेरै घाइते भएको एयर इण्डिया एक्सप्रेसका प्रवक्ताले जनाएका छन् । 

घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लैजानेक्रम जारी छ । तर कति मानिस हताहत भए भन्‍ने अझै खुल्न सकेको छैन ।

सो क्षेत्रमा ठूलो वर्षा भइरहेको थियो । 

दु्र्घटनाप्रति भारतीय रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विपक्षी दलका नेता राहुल गान्धीलगायतले दुख व्यक्त गरेका छन् ।