
फाइल तस्विर
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ६१ हजार ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको कूल संख्या २० लाख २७ हजार ७४ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।
भारतको महाराष्ट्र सबैभन्दा बढी संक्रमित राज्य हो । महाराष्ट्रमा ४ लाख ६८ हजार २६५ पुगेको छ । महाराष्ट्रपछि दोस्रो संक्रमित तालिमनाडुमा २ लाख ७३ हजार ४ सय ६० पुगेको छ । तेस्रो स्थानमा रहेको राज्य आन्ध्राप्रदेशमा १ लाख ८६ हजार ४६१ पुगेको छ ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ हजार ५ सय ८५ पुगेको छ । भारतमा कुल १३ लाख ७८ हजार १०५ जना कोरोना निको भएको तथ्याङ्कमा उल्लेख छ ।