
नयाँ दिल्ली । भारतको दक्षिणी राज्य केरलाको कोझिकोडमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । एयर इन्डिया एक्सप्रेसको बोइङ–७३७ शुक्रबार साँझ केरलको कोझिकोडमा दुर्घटना भएको हो ।
दुबइबाट १९० यात्रु बोकेर भारतको केरलाका लागि उडेको विमान कोझिकोडको कालीकट विमानस्थलको रनवेमा चिप्लिएको हो । उक्त विमान दुर्घटनामा दुईजना चालक दलका सदस्यसहित १७ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएको छ ।
उक्त विमानमा १० बच्चासहित १८४ यात्रु र सात चालक दलका सदस्यहरु रहेको बीबीसीले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा जहाजका दुई पाइलटसहित कम्तिमा २० जनाको मृत्यु पुष्टि भएको छ। यो संख्या बढ्न सक्ने अधिकारीहरुले बताएको उल्लेख छ। विमानमा चालक दलका सदस्यसहित १९० जना यात्रु थिए। सबै यात्रुको उद्धार कार्य जारी छ।
दुर्घटनामा १०० भन्दा बढी यात्रु घाइते छन् भने उनीहरुलाई अस्पताल लगिएको छ ।
नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो। विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो।
विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतीय नागरिक उड्डययनका अधिकारीले दिएको जानकारी अनुसार दुर्घटनामा परेको विमान दुई टुक्रा भएको छ।