
पोखरा । पोखरा महानगरपालिकामा थप तीन जनासहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमित भेटिएका छन् ।
पोखरा महानगरपालिका वडा नं. ९ का दुई जना र १७ का एक जनामा आज दिउसो संक्रमित पुष्टि भएको हो ।
पोखरा महानगरपालिकाको ९ का ४९ वर्षीया महिला र ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने वडा नं. १७ मा ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
यससँगै आज शनिवार गण्डकी प्रदेशमा थप २४ जना संक्रमित थपिएका छन् ।
आज संक्रमित हुने अन्यमा स्याङ्जामा सात, म्याग्दीमा एक र बाग्लुङमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा आज थपिएसँगै कोरोना संक्रमितको संख्या १६ सय ११ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या १४ सय ४३ जना रहेका छन् ।

