
फाइल तस्विर
पोखरा, २४ साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रवार पर्सा, मोरङ र काठमाडौं जिल्लाका ३ जना मृतक थपिएसँगै मृतकको संख्या ७३ पुगेको हो ।
मन्त्रालयका अनुसार अहिले पुष्टि भएका मृतकमध्ये पर्सा जिल्ला विरगञ्ज महानगरपालिक ३ छपकैयाका ७४ वर्षीय पुरुष हुन । मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै मोरङ जिल्ला विराटनगर महानगरपालिका ९ का ५८ वर्षीय पुरुष रहेका छन् । उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए । त्यस्तै काठमाडौंको टोखाकी ४१ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।