पोखरामा कोरोना संक्रमितको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण २५ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, २५ साउन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. १९ निवासी ६२ वर्षीय पुरुषको साउन २४ गते राती ११ बजेर ३५ मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यले ती पुरुषको मृत्यु भएको जानकारी दिए । सह प्रा.डा. आचार्यका अनुसार मधुमेह रोगबाट समेत पीडित उनी साउन १७ गते आईसीयूमा भर्ना भएको थियो । कास्कीमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो व्यक्ति हो ।

गत राती ६२ वर्षीय पुरुषको मृत्यु भएसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० र ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ । योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ५ पुगेको छ ।



Tags: