दोस्रो विश्वयुद्धपछि नागासाकी नियाल्दा (फोटो फिचरसहित)

-


     मर्दी न्युज    
     श्रावण २५ गते २०७७ मा प्रकाशित


सन थापा

जापान अगष्ट ९ ।
आज भन्दा ठीक ७५ वर्षअघि अर्थात् सन् १९४५ अगष्ट ९ बिहान ११ बजेर २ मिनेट जाँदा अमेरिकाले दोस्रो विश्वयुद्धको नागासाकी शहरमा परमाणु बम खसालेर ध्वस्त बनाएको थियो।

बम आक्रमणबाट तत्कालीन समयमा ७३ हजार ८ सय ८४ जना मारिएका थिए भने ७४ हजार ९ सय नौ जना घाईते भएका थिए। त्यसैगरी १८ हजार ४ सय नौ घर ध्वस्त भइ १ लाख २० हजार ८ सय २० नागरिक घरबारविहीन बन्न पुगेका थिए । ६.७ किलोमिटरसम्म क्षति पुर्‍याएको थियो । बमबाट निस्केको विकिरणले अपूरणीय पर्यावरणीय क्षति पारेको तत्कालीन समयमा नागासाकीको जनसंख्या करीव २ लाख ६३ हजार रहेको थियो। २०२० जून १ को तथ्याङ्क अनुसार नागासाकीको जनसंख्या ४ लाख ७ हजार ६ सय २४ जना रहेको छ । जापानको दक्षिणपश्चिम क्युशु क्षेत्रमा पर्ने नागासाकी २४०.७१ बर्ग किमी जमिन र १६५.१५ बर्ग किमी गरी कुल ४०५.८६ बर्ग किमीमा फैलिएको छ ।

नागासाकीमा परमाणु बम बिस्फोट पछिको ध्वस्त शहर:

त्यसैगरी नागासाकीमा परमाणु बम खसालेको तीन दिनअघि हिरोसिमा शहरमा समेत परमाणु बम खसालेको थियो। बमले १ लाख ४० हजार जापानी नागरिकको मृत्यु भएको थियो ।

यसैबीच जापानका प्रधानमन्त्री शिन्जो आवेले जापानी भूमिमा आणविक हतियारको स्वामित्व, उत्पादन र अनुमति नदिने सम्बन्धी गैरआणविक तीन सिद्धान्त पालना गर्ने बताएका छन् । नागासाकीस्थित शान्तिपार्कमा आयोजित समारोहलाई आईतबार सम्बोधन गर्दै आवेले आणविक निशस्त्रीकरणमा अडान लिने देशहरूको बीच पुलको काम गर्दै आएको बताए ।

नागासाकीस्थित शान्ति पार्कमा रहेको मुर्ति
नागासाकीस्थित शान्ति पार्कमा रहेको मुर्ति

उनले आणविक हतियार विनाको संसारलाई महशुस गराउने दिशामा कडा कदम चाल्न एकीकृत प्रयासको लागि अन्य राष्ट्रहरूलाई अपील समेत गरे। परमाणु हतियारको प्रयोगले मानवीय र प्राकृतिक भयावह क्षति हुने भन्दै शान्तिलाई कुनै कुराले विजय गर्न नसक्ने र शान्ति अनमोल रहेको आवेको भनाई थियो। उनले परमाणु बमबाट बाँच्न सफल नागरिकलाई स्वास्थ्य उपचार,कल्याणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनीहरूबाट यथार्थ बुझ्ने प्रयास जारी राख्ने बताए ।

त्यसैगरी नागासाकी शहरका मेयर तोमिहिसा ताउएले आणविक हतियारको खतरा विश्वकै साझा मुद्धा भएको भन्दै परमाणु हतियार निषेध सम्बन्धी हस्ताक्षर र अनुमोदन गर्न आग्रह गरे। प्रत्येक वर्ष हुने उक्त शान्ति प्रार्थना समारोहमा यस वर्ष कोरोना संक्रमणको कारण न्यून सहभागीता रहेको थियो ।

परमाणु बम विष्फोटनको केन्द्रमा निर्मित स्तूपा

परमाणु बममा परी घाइते, जलेको लगाउने लुगा अनि पैसाको तस्वीर

परमाणु बममा विस्फोटको बेला रोकिएको भित्तेघडी
परमाणु बममा विस्फोटमा क्षतिग्रस्त एक भवनको पर्खालको अवशेष

तस्वीरमा अहिलेको नागासाकी

एक तस्वीरमा पहिले र अहिलेको नागासाकी