
पोखरा, २५ साउन । पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । आइतबारसम्म ६ हजार ५ सय ४४ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ४ लाख ४३ हजार ८ सय ४ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी आइतबारसम्म क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ४० जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १६ हजार ३ सय ५३ रहेको प्रवक्ता डा गौतमले बताए ।

