जापानमा आईतबार थपिए १४४३ कोरोना संक्रमित, ओकिनावामा हालसम्मको उच्च

-


     मर्दी न्युज    
     श्रावण २५ गते २०७७ मा प्रकाशित


सन थापा
जापान, अगष्ट ९ । जापानमा आईतबार १ हजार ४ सय ४३ जना कोरोना संक्रमित पुष्टि भएको छ । हालसम्म संक्रमित संख्या ४९ हजार ६ सय २१ जना पुगेको छ भने १ हजार ६१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १ सय ५६ जना गम्भीर बिरामी छन् भने ३२ हजार ९ सय ७१ जना निको भएको एनएचकेले जनाएको छ । आईतबार थप पाँच जनाको मृत्यु भएको हो ।

राति १०स्०० बजेको अपडेट अनुसार राजधानी टोकियोमा ३ सय ३१ जना थपिएर संक्रमित संख्या १५ हजार ८ सय ६७ जना पुगेको छ । त्यस्तै ओसाकामा संक्रमितको संख्या १ सय ९५ जना थपिएर ५ हजार, ७ सय ६९ जना पुगेको छ िखानागावा ८१ जना थपिदै संक्रमित संख्या ३ हजार २ सय ६६ जना पुगेको छ।

त्यस्तै आईचीमा ३ हजार १ सय ४२ जना पुगेको छ, यहाँ १ सय २९ जना थपिएको हो । फुकुओकामा १ सय ९ जना थपिदै ३ हजार १२ जना पुगेको छ भने साईतामामा २ हजार ८ सय ७५ जना संक्रमित संख्या पुगेको छ। जहाँ ४४ जना थपिए ।

चिबामा ४६ जना थपिएर संक्रमित २ हजार १ सय ५० जना पुगेको छ ।

त्यसैगरी ह्योगोमा १ हजार ६ सय ३८र होक्काईदोमा १ हजार ५ सय ५२ जना पुगेको छ । ह्योगोमा ४८ र होक्काईदोमा ११ जना संक्रमित थपिए । सबैभन्दा दक्षिणमा अवस्थित ओकिनावामा आईतबार अहिलेसम्मकै सर्वाधिक १ सय ५९ संक्रमित भएका छन् । यहाँ संक्रमित संख्या १ हजार १ सय २७ पुगेको छ । क्योतोमा २० जना थपिदै ९ सय ८३ जना पुगेको छ भने ओकिनावामा ८४ जना थपिएर ९ सय ६८ जना संक्रमित संख्या पुगेको छ।