
पोखरा, २६ साउन । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ९७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज सोमवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ९७ लाख ७३ हजार ४४७ जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ५० लाख ४४ हजार १६८ पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३० लाख ३५ हजार ४२२ पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा २१ लाख ५३ हजार १० पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख २९ हजार ३९३ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ६२ हजार ९१८ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख १ हजार ४९ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर कोरोना निको हुनेको संख्या १ करोड २० लाख ३१ हजार ५१८ जना रहेको छ ।