
पोखरा, २६ साउन । ब्राजिलमा कोरोनाका कारण एक लाखभन्दा बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या एक लाख एक हजार ४९ पुगेको छ ।
त्यस्तै ब्राजिलमा कूल संक्रमितको संख्या ३० लाख ३५ हजार ४२२ पुगेको छ ।
कोरोना निको हुनेको संख्या ब्राजिल पहिलो स्थानमा छ । सोमवारसम्म ब्राजिलमा २३ लाख ४९ हजार २८० जना कोरोना निको भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।