आज साउनको अन्तिम सोमबार: शिवालयमा भक्तजन (फोटो फिचर)

-


     मर्दी न्युज    
     श्रावण २६ गते २०७७ मा प्रकाशित


पोखरा, २६ साउन । आज साउन महिनाको अन्तिम सोमबार । देशका विभिन्न भागमा भगवान शिवको पूजा आराधना गरि मनाइँदै छ । हिन्दू नेपाली नारीहरुले भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन यस दिन गर्ने गर्छन । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन । यस वर्ष कोरोना महामारीका कारण विगतका वर्षजस्तो बोल बम यात्रा गरी शिवालयलमा पुग्ने भक्तजनहरुको भिडभाड कम छ ।

कोरोनाको त्रासले सयौंको संख्यामा बोल बम आउने भक्तजन यो वर्ष निकै कम भएको छ भने अर्कोतिर सरकारले पनि यो वर्ष बोल बम आउन रोक लगाएको छ । तापनि स्थानीयले नजिकैको तिर्थस्थल गएर अन्तिम सोमबार मनाएका छन । पोखराका केही शिवालयहरुमा देखिएको दृश्य । तस्विरः खेम गुरुङ