
पोखरा, २६ साउन । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । उनले सोमबार अपरान्ह ट्वीट गर्दै आफू कोरोनाभाइरसबाट सङ्क्रमित हुन पुगेको बताएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उपचारका लागि अस्पताल पुगेको बेला उनमा सङ्क्रमणको परीक्षण गरिएको थियो । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘पछिल्लो एक सातामा मेरो सम्पर्कमा आउनुभएका सबैलाई अलग्गिन र परीक्षण गराउन आग्रह गर्दछु ।’
On a visit to the hospital for a separate procedure, I have tested positive for COVID19 today.
— Pranab Mukherjee (@CitiznMukherjee) August 10, 2020
I request the people who came in contact with me in the last week, to please self isolate and get tested for COVID-19. #CitizenMukherjee