
पोखरा, २६ साउन । पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । सोमवारसम्म ६ हजार ७ सय ३८ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ४ लाख ५२ हजार २ सय ३६ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी सोमवारसम्म क्वारेन्टाइनमा १० हजार ७ सय ५९ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १४० जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १६ हजार ४ सय ९३ रहेको प्रवक्ता डा गौतमले बताए ।

