
पोखरा । गोरखाका २ बालकसहित थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार साँझ गोरखाका ७ र १० वर्षीय २ बालक तथा ३२ वर्षीया १ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण उनीहरुलाई संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २३ पुगेको छ ।
संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

