जापानमा कोरोना संक्रमित ५० हजार नाघ्यो, संक्रमणदर घट्यो

-


     मर्दी न्युज    
     श्रावण २६ गते २०७७ मा प्रकाशित


सन थापा


जापान, अगष्ट १० । जापानमा हालसम्म कोरोना संक्रमित संख्या ४९ हजार ७ सय ४३ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ५० हजार ४ सय ५८जना पुगेको छ िसोमबार राति ११बजेसम्म ८ सय ३६ जना कोरोना संक्रमित थपिए ।

संक्रमितमध्ये सोमबार थप पाँच जनाको मृत्यु भएसँगै जम्मा १ हजार ६६ जना पुगेको छ । त्यसैगरी १ सय ६२ जना गम्भीर बिरामी छन् भने ३३ हजार ७ सय १७ जना निको भएको एनएचकेले जनाएको छ ।

राजधानी टोकियोमा १ सय ९७ जना थपिएर संक्रमित संख्या १६ हजार ६४ जना पुगेको छ । त्यस्तै ओसाकामा संक्रमितको संख्या १ सय २३ जना थपिएर ५ हजार ८ सय ९२ जना पुगेको छ िखानागावा ३८ जना थपिदै संक्रमित संख्या ३ हजार ३ सय ४ जना पुगेको छ।

त्यस्तै आईचीमा ३ हजार २ सय ४३ जना पुगेको छ, यहाँ १ सय १ जना थपिएको हो । फुकुओकामा ७२ जना थपिदै ३ हजार ८४ जना पुगेको छ भने साईतामामा २ हजार ९ सय १७ जना संक्रमित संख्या पुगेको छ। यहाँ ४२ जना थपिए ।

चिबामा ४१ जना थपिएर संक्रमित २ हजार १ सय ९१ जना पुगेको छ ।

त्यसैगरी ह्योगोमा १ हजार ६ सय ६२ र होक्काईदोमा १ हजार ५ सय ६५ जना पुगेको छ । ह्योगोमा २६ र होक्काईदोमा १३ जना संक्रमित थपिए । सबैभन्दा दक्षिणमा अवस्थित ओकिनावामा ५२ संक्रमित थपिएर जम्मा संख्या १ हजार १ सय ७९ पुगेको छ । क्योतोमा ८ जना थपिदै ९ सय ९१ जना पुगेको छ ।