विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

-


     मर्दी न्युज    
     श्रावण २७ गते २०७७ मा प्रकाशित


पोखरा, २७ साउन । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मंगलवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १ हजार १९ जना पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ५० लाख ८५ हजार ८२१ पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३० लाख ५७ हजार ४७० पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा २२ लाख १५ हजार ७४ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ३३ हजार ८९७ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ६३ हजार ३७० जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख १ हजार ७५२ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर कोरोना निको हुनेको संख्या १ करोड २२ लाख ९ हजार ७४ जना रहेको छ ।