पोखराका ४ जना सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     श्रावण २७ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा मंगलबार बिहान थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ४, बागलुङ र तनहुँमा २ र २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा भएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ मा ११ वर्षीय बालक र ३८ वर्षीया महिला, पोखरा ३० मा ३० वर्षीय पुरुष र वडा नम्बर १७ मा ४५ वर्षीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनाल गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी बागलुङमा एक महिला र एक पुरुष, तनहुँको बन्दीपुरमा २ पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए ।

गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण भएको छ । ती मध्ये कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ७० पुगेको छ भने पाँच जनाको मृत्यु भएको छ ।



Tags: