पछिल्लो २४ घण्टामा ६३८ जना कोरोना संक्रमण, १७१ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     श्रावण २७ गते २०७७ मा प्रकाशित


पोखरा, २७ साउन । पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । मंगलवारसम्म ७ हजार २ सय १ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ४ लाख ६२ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी सोमवारसम्म क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १७१ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १६ हजार ६ सय ६४ रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: