
पोखरा, २७ साउन । गण्डकी प्रदेशमा मंगलबार साँझ थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकामा ११ र स्याङ्जाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा भएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९ मा ६ जना ४ महिलासहित २ पुरुष, वडा नखुलेको १ महिला र पोखरा १९ मा ४ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनाल गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
त्यसैगरी स्याङ्जा पुतलीबजार नगरपालिकाका ४ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए ।
गण्डकी प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ६ सय ४८ जनामा कोरोना संक्रमण भएको छ । ती मध्ये कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको छ भने पाँच जनाको मृत्यु भइसकेको छ ।
