कोभिड-१९ विरुद्धको खोप तयार भएको रुसी राष्ट्रपति पुटिनको दाबी

-


     मर्दी न्युज    
     श्रावण २७ गते २०७७ मा प्रकाशित


एजेन्सी । रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन् ।

रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए । पुटिनले यो भ्याक्सिन उनकै छोरीमा समेत प्रयोग गरिएको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

‘मलाई थाहा छ ( यसले प्रभावकारी रूपमै काम गर्छ, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र म दोहोर्‍याउँछु, यसमा आवश्यक रहेका सम्पूर्ण जाँच पास गरिसकेको छ’, पुटिनले भने।

उनले आफ्नो राष्ट्रले छिट्टै धेरैभन्दा धेरै खोप उत्पादन गर्न थाल्नेसमेत बताएका हुन्।