जापानमा कोरोना संक्रमित ७०० थपिए

-


     मर्दी न्युज    
     श्रावण २७ गते २०७७ मा प्रकाशित


सन थापा

जापान, अगष्ट ११ । जापानमा मंगलबार राति १०ः३० बजेसम्म ७ सय जना कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना संक्रमित संख्या ५० हजार ४ सय ४८र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ५१ हजार १ सय ६० जना पुगेको छ ।

संक्रमितमध्ये मंगलबार थप पाँच जनाको मृत्यु भएसँगै जम्मा १ हजार ७५ जना पुगेको छ । त्यसैगरी १ सय ७१ जना गम्भीर बिरामी छन् भने ३४ हजार ६ सय ३४ जना निको भएको एनएचकेले जनाएको छ ।

१ हजारभन्दा कम संक्रमण पुष्टि भएको आज दोस्रो दिन हो । सोमबार ८ सय ३९ जना कोरोना संक्रमित भएका थिए ।

यी हुन् संक्रमित धेरै भएका प्रान्तहरु

राजधानी टोकियोमा संक्रमित संख्या १६ हजार २ सय ५२ जना पुगेको छ । मंगलबार १ सय ८८ जना थपिएको हो । २ सयभन्दा कम संक्रमित थपिएको यो लगातार दोस्रोदिन हो ।

त्यस्तै ओसाकामा संक्रमितको संख्या १ सय २जना थपिएर ५ हजार ९ सय ९४ जना पुगेको छ । खानागावा २७ जना थपिदै संक्रमित संख्या ३ हजार ३ सय ३१ जना पुगेको छ।

त्यस्तै आईचीमा ३ हजार ३ सय १० जना पुगेको छ, यहाँ ६७ जना थपिएको हो । फुकुओकामा ५४ जना थपिदै ३ हजार १ सय जना पुगेको छ भने साईतामामा २ हजार ९ सय ५३ जना संक्रमित संख्या पुगेको छ। यहाँ ४२ जना थपिए ।

चिबामा १९ जना थपिएर संक्रमित २ हजार २ सय १० जना पुगेको छ ।

त्यसैगरी ह्योगोमा १ हजार ६ सय ९२ जना र होक्काईदोमा १ हजार ५ सय ७९ जना, सबैभन्दा दक्षिणमा अवस्थित ओकिनावामा संख्या १ हजार २ सय ४२ जना, प्राचीन राजधानी क्योतोमा १ हजार १ जना पुगेको छ । यी प्रान्तहरू ह्योगोमा ३०, होक्काईदोमा १४, ओकिनावामा ६४ र क्योतोमा १० जना संक्रमित थपिए ।