बुटवलको कोरोना अस्पतालमा २ जनाको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण २८ गते २०७७ मा प्रकाशित


बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ ।

उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

तीमध्ये ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भइसकेको थियो भने अर्काको रिपोर्ट आउन बाँकी छ । अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताएअनुसार दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो ।

थापाका अनुसार ४२ वर्षीय व्यक्तिको कोरोनाकै कारण बिहान ४ बजे मृत्यु भएको हो । अर्का व्यक्तिको बिहान साढे ३ बजे ज्यान गएको हो । उनलाई श्वासप्रश्वासमा समस्या, खोकी लाग्ने, ज्वरो आउनेजस्ता लक्षण थिए ।

बुटवल कोरोेना अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।



Tags: