
पोखरा, २८ साउन । पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बुधवारसम्म ७ हजार ६ सय १३ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ४ लाख ७३ हजार १ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बुधवारसम्म क्वारेन्टाइनमा १४ हजार ८ सय ४६ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ६४ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १६ हजार ७ सय २८ रहेको प्रवक्ता डा गौतमले बताए ।

