जापानमा ९७७ जना कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     श्रावण २८ गते २०७७ मा प्रकाशित


सन थापा
जापान, अगष्ट १२ । जापानमा बुधबार राति १० बजेसम्म थप ९ सय ७७ जनामा कोरोना संक्रमण ९कोबिड(१९०पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमित संख्या ५१ हजार ४ सय १५ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ५२ हजार १ सय ३७ जना पुगेको छ ।

एनएचकेका अनुसार संक्रमितमध्ये बुधबार थप पाँच जनाको मृत्यु भएसँगै जम्मा १ हजार ७९ जना पुगेको छ । त्यसैगरी १ सय ७७ जना गम्भीर बिरामी छन् भने ३५ हजार ५ सय ४७ जना निको भएका छन्।

१ हजारभन्दा कम संक्रमण पुष्टि भएको आज तेस्रो दिन हो ।

१ हजार भन्दा बढी संक्रमित प्रान्तहरु
टोकियोमा २ सय २२ जना संक्रमित थपिदै जम्मा १६ हजार ४ सय ७४ जना पुगेको छ ।
त्यस्तै ओसाकामा संक्रमितको संख्या १ सय ८४ जना थपिएर छ हजार १ सय ७८ जना पुगेको छ िखानागावा ६६ जना थपिदै संक्रमित संख्या ३ हजार ३ सय ९७ जना पुगेको छ।

त्यस्तै आईचीमा ३ हजार ३ सय ९६ जना पुगेको छ, यहाँ ८६ जना थपिएको हो । फुकुओकामा ७७ जना थपिदै ३ हजार २ सय १५ जना पुगेको छ भने साईतामामा २ हजार ९ सय ९८ जना संक्रमित संख्या पुगेको छ। यहाँ ४५ जना थपिए ।

चिबामा ३४ जना थपिएर संक्रमित २ हजार २ सय ४४ जना पुगेको छ ।

त्यसैगरी ह्योगोमा १ हजार ७ सय २८ जना र होक्काईदोमा १ हजार ५ सय ७९ जना, ओकिनावामा संख्या १ हजार ३ सय ७ जना, क्योतोमा १ हजार २६ जना पुगेको छ । ह्योगोमा ३६, होक्काईदोमा ४,ओकिनावामा ६५ र क्योतोमा २५ जना संक्रमित थपिए ।