
पोखरा । गण्डकी प्रदेशमा बुधवार साँझ थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य निर्देशनालयको पछिल्लो ८ः१५ बजेको अद्यावधिक विवरण अनुसार प्रदेशका तीन जिल्लाका ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
संक्रमितहरु कास्की, नवलपुर र तनहुँ जिल्लाका छन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं २७ का ३२ र ४४ वर्षका पुरुष र ३१ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै तनहुँको भिमाद नगरपालिका ६ का ३९ वर्षीय पुरुष र नवलपुर कावासोती नगरपालिका १७ का ४१ वर्षीय पुरुष र अर्का वडा नखुलेको २७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमित व्याक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा राखिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ५६ पुगेको छ । यसअघि आज बिहान पोखरा महानगरपालिकाकै वडा नं. ६ र १६ का १÷१ जना गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


