
कोरोनाभाइरसको संक्रमण भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा पुगेका छन्।
मंगलबार बिहान सेनाको रिसर्च एन्ड रिफरल (आरएन्डआर) अस्पतालले उनी कोमामा पुगेको जानकारी दिएको छ। यद्यपी मुखर्जीका मुख्य सूचकहरू भने स्थिर रहेको हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै लेखेको छ।
अस्पतालले उनको स्वास्थ्य अवस्थामा कुनै परिवर्तन नआएको र भेन्टिलेटरकै सहयोगमा रहेको बताए। पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार बिहानदेखि नै पूर्वराष्ट्रपति मुखर्जी बितेको समाचार बाहिर आएपछि उनका छोरा अभिजित मुखर्जीले ट्वीटसमेत गरेका छन्। उनले भ्रामक समाचारहरू फैलाउन बन्द गर्न आग्रह गरेका छन्। त्यस्तै मुखर्जीको छोरी शर्मिष्ठा मुखर्जीले ट्वीट गर्दै भनेकी छिन्, ुमेरो बुवाबारे फैलाइएको हल्ला अफवाह हुन् ।