
बुधबार तोलामै ६ हजार २ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार भने २ हजार ४ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ बिहीबार भने ९७ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै बुधबारको तुलनमा तेजाबी सुनको भाउ पनि २ हजार ४ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ पुगेको छ ।
बुधबारको तुलनामा बिहीबार चाँदीको भाउ पनि ८५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार २ सय १० रुपैयाँ कायम भएको चाँदीको भाउ बिहीबार एक हजार २ सय ९५ रुपैयाँ पुगेको छ ।
यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।

