कोरोना संक्रमणबाट थप ४ को मृत्यु, मृतकको कुल संख्या ९४ पुग्यो

-


     मर्दी न्युज    
     श्रावण २९ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, २९ साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

थप भएका मृतकमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ ।