जापानमा थप ११७६ कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण २९ गते २०७७ मा प्रकाशित


सन थापा
जापान, अगष्ट १३ । जापानमा बिहीबार थप १ हजार १ सय ७६ जनामा कोरोना संक्रमण (कोबिड–१९) पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमित संख्या ५२ हजार ६ सय तीन र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ५३ हजार ३ सय १५ जना पुगेको छ ।

एनएचकेको राति १० बजेसम्मको अपडेट अनुसार संक्रमितमध्ये बिहीबार थप ११ जनाको मृत्यु भएसँगै यो संख्या १ हजार ९० जना पुगेको छ । त्यसैगरी २ सय ३ जना गम्भीर बिरामी छन् भने ३६ हजार ७ सय ४७ जना निको भएका छन्।

संक्रमण दर तीनदिन १ हजारभन्दा कम भएकोमा पुनः आज बढ्न थालेको हो ।

बढी संक्रमित मुख्य प्रान्तहरु
बिहीबार टोकियोमा २ सय ६, ओसाकामा १ सय ७७, आईचीमा १ सय २३, खानागावामा १ सय नौ, फुकुओकामा १ सय ४४ जना थपिए । टोकियोमा संक्रमित संख्या १६ हजार ६ सय ८०, ओसाकामा ६ हजार ३ सय ५५, आईचीमा ३ हजार ५ सय २० खानागावामा ३ हजार ५ सय पाँच, फुकुओकामा ३ हजार ३ सय ४९ जना पुगेको छ ।

त्यसैगरी साईतामामा ३ हजार ५४, चिबामा २ हजार २ सय ९०, ह्योगोमा १ हजार ७ सय ७६, होक्काईदोमा १ हजार ५ सय ९३, ओकिनावामा संख्या १ हजार ४ सय चार, क्योतोमा १ हजार ६१ जना पुगेको छ । साईतामामा ५६,ह्योगोमा ४८, होक्काईदोमा १०, ओकिनावामा ९७ र क्योतोमा ३५ जना संक्रमित थपिए ।