
पोखरा । पोखरा महानगरपालिका वडा नं १० मिलनटोलमा जुवातास खेल्दै गरेका १७ जनालाई प्रहरीले साउन २८ गते पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजारको टोलीले नगद १ लाख २ हजार ४ सय ९० सहित १७ जना मानिसहरुलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । २२४ पत्ती तास, हरीयो रंगको कम्बल थान १ र रातो सेतो रंगको गलैचा थान १ सहित पक्राउ गरी कानूनी कारवाही अगाडी बढाएको उनले बताए ।
मझेरीपाटन घर भई हाल वडा नं.१० मिलनटोल बस्ने ज्ञानु हमाल, सोही स्थान बस्ने भु बहादुर गुरुङ, अस्मिता गुरुङ, बल बहादुर गुरुङ, ईन्द्रा राई , ईन्द्रा गुरुङ, राधेश्याम भुजेल, मनबहादुर गुरुङ, हिमकुमारी गुरुङ, केशकुमारी गुरुङ, राजलक्ष्मी राई, सुककुमारी गुरुङ, सीता नेपाली, लिलमान थापा, आर्बा बस्ने यमबहादुर गुरुङ, ढिकालेथर बस्ने बिनोद गुरुङ र जनप्रिय टोल बस्ने डम्बरबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता हमालले जानकारी दिए ।
उनीहरुलाई सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुर (जुवा) अन्तर्गत जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन (७ (सात) म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको डिएसपी हमालले बताए ।