भारतमा कोरोना संक्रमितको संख्या बिहीबार हालसम्मकै उच्च

-


     मर्दी न्युज    
     श्रावण ३० गते २०७७ मा प्रकाशित


एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणमा बिहीवार हालसम्म सबैभन्दा धेरै संख्यामा देखिएको छ । हिजो एकैदिन ६६ हजार ९९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार भारतमा देखिएको संक्रमण हालसम्मकै सबैभन्दा धेरै संख्या हो ।
गत २ हप्तादेखि भारतमा संक्रमितको संख्या निरन्तर बढेर ५० हजारभन्दा माथि देखिएको छ । यस हप्तामा भने भारतमा संक्रमितको संख्या ६० हजारभन्दा माथि निरन्तर बृद्धि भइरहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट बिहीबार भारतमा एक हजार ६ जनाले ज्यान गुमाएका छन । भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ४७ हजार ३३ जनाले ज्यान गुमाइसकेका छन ।

त्यहाँ संक्रमितको संख्या २३ लाख ९६ हजार ६३७ पुगेको तथ्याङ्कमा उल्लेख छन् । भारतमा कोरोना निको हुनेको संख्या १६ लाख ९५ हजार ९८२ पुगेको त्यहाँको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले जनाएको छ ।