गण्डकीमा तनहुँ र स्याङ्जाका गरी २१ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     श्रावण ३० गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा शुक्रवार बिहान थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य निर्देशनालयको शुक्रवार बिहान ८ बजेको अद्यावधिक विवरण अनुसार गण्डकी प्रदेशका तनहुँ जिल्लाका २० र स्याङ्जाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको भानु नगरपालिका वडा नं १ का १४ जना पुरुष र ६ जना महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १ का ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमित व्याक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा राखिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ८१ पुगेको छ ।



Tags: