
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरो जाँदा १३ घर पुरिएको छ । शुक्रवार बिहान साढे ६ बजे पहिरोले १३ घर पुरिएको हो ।
सो पहिरामा परेका १३ घरका बासिन्दा मध्ये १५ जनामा पहिरोबाट बाहिर आउन सफल भएका छन् भने पाँच परिवारका सदस्य हराइ रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताए ।
सम्पर्कविहिन भएका ५ घरमा कति जना थिए भन्ने यकिन नभएको उनले जानकारी दिए। घटनास्थलमा उद्दारको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

